विप्लव नेकपाका नेता प्रकाण्ड पुत्र पक्राउ

डिसी नेपाल
६ फागुन २०७६ १०:१५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) का एक केन्द्रीय नेता पक्राउ परेका छन्। अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक पक्राउ परेको प्रहरीले जनाएको हो ।

उनलाई प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउपछि कोषाध्यक्ष विकलाई अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ ।

विज्ञप्तिमा जनाईए अनुसार फागुन ४, ५ र ६ गते प्रचार प्रचार, ७ गते ज्ञापन पत्र पेश गर्ने, ८ गते सबै शिक्षण संस्थाहरुमा कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुश र १४ गते आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम छ ।

विद्यार्थी नेता विक नेकपाका प्रवक्ता खड्ग बहादुर विक (प्रकाण्ड) का छोरा हुन् ।

क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल यहि फागुन १ गते जनयुद्ध दिवसका दिन सुन्धाराबाट पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *