आज बढ्यो सुन

डिसी नेपाल
६ फागुन २०७६ ११:५३

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ बढेको छ । सोमबार स्थिर रहेको सुन आज प्रतितोला २ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७६ हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन ७६ हजार ५ सय तथा तेजावी सुन ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *