पार्टी एकताको टुंगो लागिसकेकाे कमल थापाकाे खुसाला

डिसी नेपाल
६ फागुन २०७६ १४:१४

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकताको सबै सहमति भइसकेकाे भन्दै नेतृत्व,सिद्धान्त र चुनाव चिन्हको विषयसमेत टुंगो लागिसकेको खुलाशा गरेका छन्। उनले भने, ‘मात्र पशुपतिशमशेरजी र डाक्टर लोहनीजीको टेलीफोनको प्रतीक्षा छ।”

म‌ंगलबार बुटवलमा संचारकर्मीसँग कुरा गर्दै थापाले महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुने दाबी गरे। ‘उहाँहरुले खबर नै गर्नुभएन भने चुप लागेर बस्ने कुरा भएन, संगठन निर्माणको काम निरन्तर अघि बढ्छ,’ थापाले भने।

सरकार ढाल्न खोज्ने को हो? जनताले थाहा पाउनु पर्ने भन्दै थापाले जनता स्थिरता र समृद्धिको पक्षमा रहेको बताए। मुलुकमा ब्याप्त भ्रष्टाचार, बेथिति र ब्रम्हलुटको अन्त्य बिना मुलुकले स्थायित्व पाउन नसक्ने उनको धारणा थियो। राजा र राजसंस्थालाई अनावश्यक विवादमा पार्न नहुने भन्दै चुनाव भन्दा माथिको साझा संस्थाको रुपमा राजसंस्थालाई राख्नु पर्ने उनको भनाई थियो।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,उपाध्यक्ष तोरण बहादुर गुरुङ ,प्रदेश अध्यक्ष प्रदिप उदय ,सहायक महामन्त्री राजाराम बर्तौलाको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *