सञ्चारमन्त्रीको अडियो प्रकरणः नयाँ पत्रिकाका पत्रकारले किन भने ‘अब पत्रकारिता गर्दैन’?

डिसी नेपाल
८ फागुन २०७६ ९:०१
4
Shares

काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसका लागि कुराकानी सार्वजनिक भएसँगै यही प्रकरणमा समाचार ब्रेक गरेका नयाँ पत्रिकाका पत्रकार पुष्प ढुंगानाले अब पत्रकारिता नगर्ने घोषणा गरेका छन्।

उनले ट्वीटरमा बिहीबार बिहानै लेखेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन। ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन। त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु।’

यहाँ विचारणीय कुरा के छ भने जुन घुस मागेको सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएको छ, त्यो विषय सेक्युरिटी प्रेस खरिदबारे हो। यो विषयमा नयाँ पत्रिकामा पुष्प ढुंगानाको बाइलाइनमा यसअघि समाचार प्रकाशित भएको थियो। सम्भवतः यो प्रकरणमा पहिलो समाचार लेख्ने पत्रकार ढुंगाना नै थिए।

ढुंगानाले बिहीबार बिहान पत्रकारिता छोड्ने बताउनुमा नयाँ पत्रिकाले उनको समाचार ‘किल’ गरेको संकेत दिएको छ। सामाजिक सञ्जालमा ढुंगनालाई पत्रकारिता नछोडन् सुझावको आइरो लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.