बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुटुमा आकस्मिक ‘एन्जियोप्लाष्टी’
काठमाडौं। बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा समस्या देखिएपछि आकस्मिक रूपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ।
आज बिहान छातीमा गम्भीर दुखाइ महसुस भएपछि उनलाई तत्काल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो।
अस्पतालमा गरिएका आवश्यक परीक्षणका क्रममा उनलाई ‘हार्ट अट्याक’ (एक्युट मायोकोर्डियल इन्फरक्सन) भएको पुष्टि भएलगत्तै चिकित्सक टोलीले आकस्मिक शल्यक्रिया अगाडि बढाएको हो।
अस्पतालका मुटुरोग विभागका प्रमुख डा. अशोक अधिकारीको नेतृत्वमा डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीसहितको विशेषज्ञ टोलीले नेत्री शाक्यको सफल ‘एन्जियोप्लाष्टी’ गरेको हो।
जटिल शल्यक्रिया सम्पन्न भएपछि हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर विशेष निगरानीका साथ उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थालाई स्थिर राख्न चिकित्सकहरूले निरन्तर स्वास्थ्य परीक्षण गरिरहेका छन्।






डिसी नेपाल





Facebook Comment