नेकपाको सचिवालय बैठकमा गोकुल बाँस्कोटाबारे छलफल

डिसी नेपाल
१० फागुन २०७६ १९:२१

काठमाडौं। कमिशन मागेको अडियो सार्वजनिक भएपछि पद गुमाएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे नेकपाको सचिवालय बैठकमा छलफल भएको छ।

बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियार लगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

सेक्यूरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धानले छानविन गरिरहेको नेकपाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *