कोरोना संकट : नेपाली कामदार कोरिया पठाउन रोक
काठमाडौं। दक्षिण कोरियामा कोरोना संक्रमण बढेपछि नेपालले नेपाली कामदारलाई कोरिया पठाउन रोक लगाएको छ।
नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ।
शाखाका अनुसार अघिल्लो साता करिब २ दर्जन नेपाली कामदार कोरिया जाने तालिका भए पनि उनीहरुको उडान रोकिएकोछ। आगामी फागुन १८ गते पठाउने कार्यसूची भएका कामदारलाई पनि पठाउन नसकिने अवस्था आएको इपीएस शाखाले जनाएको छ। कोरियास्थित नेपाली दूतावासले पनि कामदार नपठाउन भनेको छ।
यसैबीच, नेपाली कोरियास्थित दूतावासले आइतबार एक सूचना जारी गर्दै भाइरसको संक्रमणबाट बँच्न सजग रहन नेपालीहरुलाई आग्रह गरेको छ। पछिल्लो समय कोरियामा कोभिड–१९ भाइरसबाट संक्रमित हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। थेगु सहरमा सबैभन्दा बढी संक्रमित भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment