शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१२ फागुन २०७६ १२:०८

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पुर्याउने बताए ।

“नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदाय, वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उनले सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ, “महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा ‘च्याक् फो च्यिवा लो २१४७ ले नेपाली नेपाली बीचको एकता, भ्रातृत्व र समभाव वृद्धिमा सकारात्मक सन्देश फैलाउन सकोस् ।”

“मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह (बँदेल) गरी १२ वर्गमा विभाजन गरेर मनाइने ल्होसारको बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष शुरु भएको छ।

यही खुशीमा सम्पूर्ण नेपाली शेर्पा समुदाय उल्लासमय ढङ्गबाट नयाँ वर्ष मनाइरहेका छन् ।

भौगोलिकाताको हिसाबले हिमालदेखि तराईसम्म फैलिएको वाग्मती प्रदेशमा तराईका थारू समुदायदेखि हिमालका शेर्पा समुदाय सम्मको बसोबासले प्रदेशलाई सांस्कृतिक विविधताले समेत सम्पन्न बनाएको छ”, उनले सन्देशमा भनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *