काठमाडौँ वर्ल्ड स्कुल सहकार्यमा नेफ्टा फिल्मी अवार्ड २०७६ हुने

डिसी नेपाल
१९ फागुन २०७६ ९:०९

काठमाडौँ । नेपाल चलचित्र प्राबिधिक संघ र ड्रिम हाई नेपालको सहकार्यमा काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौँ वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ।

भक्तपुर ०७ गुन्डुमा अवस्थित वल्ड स्कुलले नेपाली कलाकारितकाको माध्यमबाट समाज सुधारको लागी योग्दान पुयाएका कलाकर्मीहरुको सम्मानको लागी गर्न लागिएको अवार्ड कार्यक्रमका लागी विशेष सहकार्य गरेको विद्यालयका अध्यक्ष मिथलेश कुमार झाले जानकारी दिए ।

“ड्रिम हाई नेपाल” र चलचित्र प्राविधिक संघको सहकार्यमा आयोजनामा हुन लागेको सो अवार्डले सिंगो नेपाली फिल्मी क्षेत्र कला, संस्कृति, साहित्य तथा मनोरन्जनको क्षेत्रमा अतुलनीय भूमिका खेल्ने आयोजकको दावी रहेको छ।

अवार्ड कार्यक्रममा काठमाडौँ वर्ल्ड स्कुल जस्तो गरिमा मय शौक्षिक संंस्था सर्ग सहकार्य गर्न पाउनु एक अर्का संस्था प्रतिको सम्मान तथा भूमिका निकै लाभदायी रहने कुरा “ड्रिम हाई नेपाल” का प्रमुख कमल जिसीले व्यक्त गरे।

नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकर्मी एवम रंगकर्मीहको विषेश जमघट गर्न लागीएको आयोजक सस्थाका अध्यक्ष कमल जिसीले बताए।

दशौँ सस्करणमा विशेष रुपमा आयोजनका गर्न लागीएको र अवार्ड कार्यक्रमलार्ई सभ्य र भव्य बनाउनको लागी फ्रेम नेपालले सहकार्य गर्ने समेत जानकारी दिए। विविध चलचित्रका विधाहरुमा कलाकार हरु सम्मानित हुने समेत आयोजकले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *