सम्बन्धित देशले नरोकेसम्म कामदार पठाउन रोक्नु हुन्न : मेनपावर व्यवसायी संघ

डिसी नेपाल
२० फागुन २०७६ १४:१०

काठमडाौं। सरकारले कोरानो प्रभावित मुलुकका लागि श्रम स्वीकृति दिने काम स्थगित गर्ने तयारी गरिरहेका बेला बैदेशिक रोजगार व्यवसायी संघले भने रोजगारदाता मुलुकले कामदार लिन नरोकेसम्म नेपालले कामदार पठाउनु पर्ने माग गरेको छ।

संघले कुनैपनि रोजगारदाता मुलुकले नेपाललाई कोरोनाको उच्च जोखिम रहेको भनेर भिसा दिन बन्द नगरेसम्म ती मुलुकमा कामदार पठाउनु पर्ने जनाएको हो।

वैदेशिक रोजगार व्यावसायी संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रोजगारादाता मुलुकले नेपाल सरकारलाई आधिकारिक जानकारी गराए मात्रै नेपालले वैदेशिक रोजगारीमा नेपाली कामदारलाई पठाउन रोक्नुपर्ने माग गरेको हो।

कोरना भाइरसको कारणले उतपन्न परिस्थितिका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै वैदेशिक रोजगार व्यवसायी संघले संभावित अध्ययन नगरी कामदार पठाउन रोके यसले नकारात्मक असर पार्ने संघका अध्यक्ष विष्णु गैरेले बताए।

उनले सरकारले निजी क्षेत्रसँगको समन्वय गरी एउटै निर्णय गर्नुपर्ने पनि बताए। यद्यपी सरकारले गरेको निर्णयलाई आफूहरुले स्वीकार गर्ने र कोरोना प्रकोप रोक्न सरकारी प्रयासमा वैदेशिक रोजगार व्यवसायी संघको साथ रहने उनले जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *