कोरोना संक्रमणको सम्भावित जाेखिम राेक्न एनआरएनएकाे उच्चस्तरीय समिति गठन

डिसी नेपाल
४ चैत २०७६ २०:१२

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जाेखिम राेक्नका लागि सरकारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सहयोग गर्ने भएको छ ।

आइतबार बसेको एनआरएनएको पदाधिकारी बैठकको निर्णय अनुसार संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्दै सरकारको काममा सहयोग गर्न तयार रहेको बताइएको छ ।

समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तराष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलव्ध गराउने लगायतका विषयमा केन्द्रित रहेर काम गर्ने बताइएको छ ।

महासचिव डा. हेमराज शर्माका अनुसार उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार रहेका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञसहित गठन गरिएको समितिको सदस्यमा डा. सञ्जिव सापकोटा (अमेरिका), डा. डोरन रसाइली (क्यानाडा), प्रोफेसर पदम सिम्खडा (युके), र डा. रमेशकुमार खोजु (युके) रहेका छन् ।

त्यसैगरी, डा. सन्तोष सापकोटा (अमेरिका), डा. सत्यमान राजभण्डारी (युके), डा. कुश श्रेष्ठ (अष्ट्रेलिया), डा. पुरु श्रेष्ठ (अमेरिका), डा. अलनी सुवेदी (पोल्याण्ड) र डा.हेमराज शर्मा (युके) रहेको जनाइएको छ ।

नेपालबाट डा. श्रवणकुमार मिश्र, डा. शक्ति चौरसिया र डा. हेमन्त दवाडीले प्रतिनिधित्व गरेका छन् ।

नेपाल सरकारसँग सहकार्य गरेर कोरोना भाइरसको महामारीबिरुद्ध लड्न संघले तयारी गरेको अध्यक्ष पन्तले जानकारी दिए । सो समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामग्री तयार गर्ने अध्यक्ष पन्तको भनाई थियो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेपछि मातृभूमिलाई सहयोग गर्न एनआरएनएले यस्तो कदम उठाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *