आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्यो : अध्यक्ष यादव
फाइल
लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताएका छन्। पार्टीको अगुवा कार्यकर्ता भेलालाई बिहीबार सिरहामा सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको संघीयता, समावेशीतालगायतका उपलब्धि खतरामा पर्न थालेको गुनासो गरे।
उनले संघीयता कार्यान्वयका लागि अहिलेको संविधानमा संशोधन आवश्यक रहेको उल्लेख गरे। संविधान संशोधनको सर्तसहित आफ्नो पार्टी सरकारमा गए पनि त्यो पूरा नभएपछि सरकार छाडेको दावी उनको थियो । भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment