प्रदेशको सत्ता खेलमा नलाग्ने राप्रपाको निर्णय

डिसी नेपाल
२० साउन २०८३ १७:२३

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार गठनको सत्ता राजनीतिक गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारप्रति कुनै चासो वा लालसा नरहेको स्पष्ट पारेको हो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अहिलेको परिस्थितिमा प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर नै निर्माण गर्नुपर्ने राप्रपाको धारणा छ। बैठकले पार्टीको पूर्वस्वीकृति बिना सत्ताकेन्द्रित कुनै पनि गतिविधिमा नलाग्न सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई कडा निर्देशन दिएको छ।

तथापि, भविष्यमा प्रदेश सरकारका विषयमा परिस्थिति अनुसार कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।

यसैगरी, बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते काठमाडौँमा तय गरिएको पार्टीको केन्द्रीय महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न आवश्यक समितिहरू गठन गर्ने निर्णयसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *