सुनचाँदीको मूल्य पुन: बढ्यो: हेर्नुहोस् बुधबारको कारोबार दर
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुन: वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ।
यसअघि मङ्गलवार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ र सोमबार २ लाख ९४ हजार ३ सय रुपैयाँ पुगेको थियो।
स्थानीय बजारमा मूल्य बढे पनि अन्तर्राष्ट्रिय बजारमा भने सुनचाँदीको मूल्यमा गिरावट आएको छ। ‘मेटल डेली’का अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस करिब ८ डलरले घट्दै ४ हजार १७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ६१ अमेरिकी डलर रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment