चाडपर्वलाई लक्षित गर्दै बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक
काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आसन्न चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ अफर ल्याएको छ। दसैंदेखि छठसम्म लागू हुने यस सीमित अवधिको योजनामार्फत ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ।
यस अभियानअन्तर्गत बजाज चेतकको जुनसुकै मोडल खरिद गर्ने ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्मको आकर्षक क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्मको ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज गरी पाँचवटा विशेष सुविधाहरू प्राप्त गर्नेछन्।
योजनाबारे जानकारी दिँदै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकहरूलाई झन्झटरहित र आर्थिक रूपमा सहज सुविधा दिन यो अफर ल्याइएको बताउनुभयो। शून्य प्रतिशत ब्याज, क्यासब्याक र लामो वारेन्टीजस्ता सुविधाहरूले उपभोक्तालाई ढुक्क भएर वातावरणमैत्री यात्रा रोज्न प्रोत्साहन मिल्ने उहाँको विश्वास छ।
ऐतिहासिक विरासत, टिकाउपन, आधुनिक पर्फर्मेन्स र स्मार्ट कनेक्टिभिटीको उत्कृष्ट सम्मिश्रण मानिने बजाज चेतक इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भरपर्दो विकल्पका रूपमा स्थापित छ। यो अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठ पर्वसम्म उपलब्ध रहनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment