नेप्सेमा गिरावट : निर्जीवन बीमा र अन्य बाहेक सबै उपसूचक राताम्मे

डिसी नेपाल
१३ असोज २०८३ १५:५४

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ। आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ।

आज ३६३ कम्पनिका एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर ४ अर्ब ६५ करोड ४८ लाख ७५ हजार ४५ मा कारोबार भएको थियो। आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी आइसिएफ़एसी डिभेन्चर २०८३ को शेयर ९.१८ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ६.७९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सिटिजन सुपर ३० म्युचुअल सुपर फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको २२ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १७ करोड २५ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *