जबरा प्रकरण : एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो लिखित बयान
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले लिखित बयान लिएको छ। मंगलबार पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेर एसएसपी खड्काले बयान दिएका हुन्।
आयोगका सहप्रवक्ता (उपसचिव) श्यामबाबु काफ्लेले एसएसपी खड्कासँग लिखित बयान लिइएको पुष्टि गरेका छन्।
आइतबार बिहान प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको थियो। त्यसलगत्तै जबराको अवस्था बुझ्न पुगेको आयोगको टोलीलाई प्रहरीले गेटबाटै फिर्ता पठाएपछि आयोगले तीव्र आपत्ति जनाएको थियो।
आफ्नो टोलीलाई अनुगमनमा रोक लगाएपछि आयोगले अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई बयानका लागि बोलाएको हो। घटनाबारे आयोगको अनुसन्धान महाशाखाले थप अनुसन्धान अघि बढाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment