दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, मनाङ अधिवेशन आयोजक समितिको संयोजक मनोनीत

डिसी नेपाल
१३ असोज २०८३ १५:२४

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शेरबहादुर देउवा पक्षमार्फत उनी कांग्रेसमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गुरुङलाई पार्टीमा स्वागत गर्दै आधिकारिक रूपमा भित्र्याएका हुन्।

कांग्रेस प्रवेशसँगै गुरुङलाई मनाङ जिल्लामा पार्टीको साङ्गठनिक जिम्मेवारी सुम्पिइएको छ। उनलाई आगामी जिल्ला अधिवेशन सम्पन्न गराउनका लागि ‘मनाङ जिल्ला अधिवेशन आयोजक समिति’को संयोजक मनोनीत गरिएको छ।

स्वतन्त्र राजनीति गर्दै पटक-पटक गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका गुरुङको कांग्रेस प्रवेशले मनाङको साङ्गठनिक राजनीतिमा नयाँ समीकरण बन्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *