दीपक मनाङ्गे नेपाली कांग्रेसमा प्रवेश, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी

डिसी नेपाल
१३ असोज २०८३ १४:१६

काठमाडौं।  गण्डकी प्रदेशका पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

पार्टी प्रवेशसँगै नेपाली कांग्रेसले उनलाई मनाङ जिल्लाको पार्टी संयोजक (कोअर्डिनेटर) को जिम्मेवारी सुम्पेको छ।

पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा मनाङ्गेलाई नेपाली कांग्रेसमा स्वागत गरिएको थियो। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार मनाङमा पार्टी सङ्गठनलाई थप सुदृढ, क्रियाशील र मजबुत बनाउनका लागि उनलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

मनाङबाट स्वतन्त्र रूपमा चुनाव जितेर प्रदेश सभा सदस्य बनेका मनाङ्गे गण्डकी प्रदेशको राजनीतिमा प्रभावशाली र चर्चामा रहने नेता मानिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *