बिरामी चर्को शुल्क तिरेर निजीमा धाउँदै

मुख्यमन्त्री भट्टको अनुगमन औपचारिकता सीमित, सेतीको ‘सिटी स्क्यान’ मेसिन दुई सातासम्म मर्मत भएन

डिसी नेपाल
१३ असोज २०८३ १८:१०

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दुई पटक अनुगमन गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करिव तीन साता (१७ दिन) देखि सिटी स्क्यान सेवा बन्द भएको छ।

अस्पतालको अनुगगमनका क्रममा मुख्यमन्त्री खगराज भट्टले सेतीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने मात्र आश्वासन दिएका थिएनन्, हाल सञ्चालमा रहेका सवै सेवालाई कुनै दिन पनि बन्द हुन नदिने गरी व्यवस्थापन गर्ने चिल्लो भाषणसमेत ठोकेका थिए।

साउन २९ गते मुख्यमन्त्री बनेका भट्टले साउन ३२ र भदौ १६ गरी दुई पटक सेतीको अनुगमन गरेका थिए। तर, मुख्यमन्त्री भट्टको बोलाई केही दिन पनि टिकेको छैन। सुदूरपश्चिमकै एक मात्र सरकारी सिटी स्क्यान सेवा बन्द भएको तीन साता पुगेको छ।

सिटि स्क्यान मेसिन मर्मत हुन नसक्दा बिरामी निजी क्षेत्रलाई चर्को शुल्क तिरेर सिटी स्क्यान गराउन थालेका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सिटी स्क्यान मेसिन विग्रेको दुई साताभन्दा बढी समय भए पनि हालसम्म मर्मत हुन सेकेको छैन। सेवा ग्राहीले भने अस्पताल प्रशासनको लापरबाहीका कारण सिटी स्क्यान मेसिन बन्न ढिलाई भइरहेको आरोप लगाएका छन्।

‘भदौमै विग्रेको मेसिन असोज १/२ गतेनै बन्छ भन्ने सूचना आएको थियो,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की लक्ष्मी भट्टले भनिन्, ‘तर आज सम्म पनि मेसिन बनेको छैन, अझै एक हप्ता लाग्छ भन्ने खबर आयो, यो प्रशासनको लापर्वाही नभएर केहो?’ आफू पटक/पटक धनगढी धाउँदै फर्कनुपरेको भट्टको गुनासो छ।

‘पैसा भए निजी अस्पतालमा सीटि स्क्यान गराउने थिए,’ उनले भनिन्, ‘आर्थिक अभावका कारण सेतीको पालो कुरेर कस्नुपर्ने बाध्यता छ तर इमरजेन्सि भएका विरामीले ऋण निालेर भएपनि निजि अस्पतालमा महंगो शुल्क तिरेर सीटि गरिरहेका छन्।’

धनगढी–५ का तोरण रावलले सेतीमा ४ हजार पर्ने भनिएको सिटी स्क्यान निजी अस्पतालमा १० हजा तिरेर गरेको गुनासो गरे। ‘मेरो श्रीमतीको छातीको सिटी स्क्यान गर्नुपर्ने थियो,’ रावलले भने, ‘त्यसको सेती अस्पतालमा ४ हजार पर्छ भनेको थियो, केही समय बन्छकि भनेर कुरेको पनि हो। तर, नबने देखिएपछि निजी अस्पतालबाटै सिटी गर्ने निर्णय गरेका हौं, पैंसा चाहि १० हजार तिर्नुपर्यो।’ अस्पताल प्रशासनले चासो नदिएका कारण सिटी स्क्यान मेसिन बन्न ढिलाई भइरहेको उनको आरोाप छ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेयले भने छिट्टै भित्रिने भनेको मेसिनको पूर्जा भित्रिन समय लागेकाले मर्मतमा ढिलाई भएइको बताए। कम्पनिले सुरुमै एकसाताको समयभित्र विग्रेको पूर्जा धनगढी पुर्‍याउने आस्वासन दिएपनि पछि विभिन्न कारण देखाएर हाल सम्म पनि सिटी स्क्यान गर्ने मुख्य पूर्जा धनगढी नपुर्याएको पाण्डेको भनाई छ।

आगामी एक–दुई दिन भित्र धनगढीमा सो सामाग्री पग्ने जानकारी आफुलाई प्राप्त भएको पाण्डेय बताउँछन्। ‘कम्पनिले एक दुई दिन भित्रै धनगढीमा मेसिनको पूर्जा उपलब्ध गराउने जानकारी गराएका छन्,’ मेडिकल सुपरिटेण्डेन्ट पाण्डेयले भने, ‘मेसिन धनगढी पुगे एक दिनमै जडान भइसक्ने छ।’ उनले आगामी बिहीबार वा शुक्रबारदेखि सिटी स्क्यान सेवा सुचारु हुन सक्ने बताए। सिटी स्क्यान मेसिन मर्मत गर्ने जनशक्तिनै यस क्षेत्रमा नहुदा कम्पनिका प्रतिनिधि प्रखनुपर्ने बाध्यता रहेको मेसु पाण्डेयले बताए।

के समस्या भयो मेसिनमा ?

सेती प्रादेशिक अस्पताल धनगढीका वायोमेडिकल इन्जिनिययर त्रियोग चौधरीका अनुसार सीटी स्क्यानको मुख्य भाग ट्यूव विग्रेको छ। ५ बर्षको वारेन्टी रहेको सिटी स्क्यान मेसिन ४ वर्षमै विग्रेका कारण कम्पनिलेनै नयाँ सामान राखिदिने छ।

सो मेसिन सिंगापुरबाट ल्याइएकाले सामाग्री पनि त्यहीबाट ल्याउनुपर्ने बाध्यता रहेको चौधरीले बताए। मेसिन नेपाल भित्रेपनि भन्सार पास हुन बाँकी रहेको उनले बताए। आज (मंगलबार) सम्म भन्सार पास भए आगामी बिहीबारसम्म सेवा सुचारु हुन सक्छ। तर, भन्सार पास नभएको अवस्थामा भने सेवा सुचारु गर्न अझै समय लाग्न सक्ने चौधरीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *