राष्ट्रियसभा बैठक : अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
७ चैत २०७६ १२:४६

काठमाडौं। कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो।

यसअघि सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न र भेला नहुन निर्देशन दिएपनि बिहीबार भने बैठक सञ्चालन भएको थियो। कार्य व्यवस्था समितिको सुझावका आधारमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको हो।

संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वाराज जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाइएको छ।

कोरोना संक्रमण हुन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेका बेला थप सतर्कता अपनाउनु पर्ने भएकाले राष्ट्रियसभा पनि स्थागित भएको छ। प्रतिनिधिसभाको बैठक १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय हिजो नै गरिएको थियो। हिजो विभिन्न संसदीय समितिहरुको बैठक समेत सञ्चालन भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *