नेप्से २६६७ विन्दुमा, ४ अर्ब ४० करोडको सेयर किनबेच हुँदा हाइड्रोमा चमक

डिसी नेपाल
२० साउन २०८३ १६:०२

काठमाडौं। नेप्सेमा आज सामान्य बढेको छ। आज बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५० कम्पनिका एक करोड ६७ हजार ७३२ कित्ता शेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा कारोबार भएको थियो। आज बैंकिंग, विकास बैंकम फाइनान्स, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी सोलु हाइड्रोको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने शिखर पावरको शेयर ५.७९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ९.०३ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ५८ करोड १० लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३४ करोड ८४ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *