कोभिड–१९ ले समाजमा नयाँ अध्याय शुरु गरेको छ: सांसद सिलवाल
ललितपुर । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले कोभिड–१९ नामक सूक्ष्मजीव ‘भाइरस’ले समाजमा नयाँ खालको अध्याय शुरु गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उनले हरेक नेपालीलाई केही समय जमघट, भोजभतेर, पार्टीलगायत काम रोक्न पनि अनुरोध गरेका छन् ।
उनले भने, “तपाईहरु हरेक व्यक्तिले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावको पालना गरी मुलुकलाई कोरोनाको त्रासबाट जोगाउनुपर्ने दायित्व अब सिर्जना भएको छ। हरेक व्यक्तिले दैनिक पटकपटक साबुपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसाउनुहोस्।
नेपाली सभ्यातको पालना गरी कोरोनाको जोखिम रहेसम्म हात मिलाउने काम ठ्याक्कै रोक्नुहोस्।” मुलुकलाई यस सङ्क्रमणबाट जोगाउन सामाजिक व्यवहार र दूरीमा रहेर अघि बढ्न सिक्नुपर्ने हरेक नेपालीको कर्तव्य बनेको सांसद सिलवालको भनाइ छ।
मुलुकका हरेक मानिसले रोगसँग लड्न सक्ने क्षमता बढाउन कागती जातका फलफूल (सिट्रस फुड) लगायत बदाम, दही आदि खानेकुरा सेवन गर्नुपर्ने सिलवालले सुझाव दिएका छन् ।
सङ्क्रमित देशबाट नेपाल फर्केका हरेक नेपालीलाई केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नसमेत सिलवालले अपिल गरे । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment