सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन्। विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उनले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गरेका हु्न्।
संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।
यसैबीच, सभामुख सापकोटाले संघीय संसद् सचिवालयमा तयार गरिएको ‘आइसोलेसन’ वार्डको आज अनुुगमन गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसनको अनुुगमन गर्दै उनले सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।
कोरोना भाइरस सङ्क्रमित भेटिए अस्पताल पु¥याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद् सचिवालयअन्तर्गतको स्वास्थ्य एकाइका चिकित्सक पुस्पराज रिजालले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment