चीनले दिएको किट चीनमै, तस्वीर नेपालमा
काठमाडौं। कोरोना भाइरस परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव भइरहेका बेला चीनको एक कम्पनीले नेपालाई ३० हजार अमेरिकी डलरबराबरको किट सहयोग गरेको भएपनि त्यो नेपाल आइपुगेको छैन।
चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको हो। तर किट नआइपुग्दै तस्वीर मात्रै नेपाल आएको छ।
कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासलाई बुधबार किट निःशुल्क हस्तान्तरण गरे। त्यसको तस्वीर भाइरल भयो तर किट भने शुक्रबार मात्रै नेपाल आइपुग्नेछ।
चीनका लागि कार्यवाहक नेपाली राजदूत सुशील लम्सालले बेइजिङबाट ती किट तिब्बतको ल्हासा पुर्याइनेछ र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै नेपाल पठाइनेछ बताएका छन्।
कोराना परीक्षण गर्ने स्वास्थ्य सामाग्री नभएका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेर किट सहयोग प्राप्त गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment