एनआरएनए मकाउले दुई हजार थान एन९५ मास्क नेपाल पठाउँदै

डिसी नेपाल
१९ चैत २०७६ ८:५५

मकाउ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउले एन ९५ मास्क दुई हजार थान उपलब्ध गराउने भएको छ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी भइरहेका बेला एनआरएनए मकाउले स्वदेशमा कोरोनाको जोखिम न्युनिकरणका लागि उक्त संख्यामा माक्स पठाउन लागेको एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए।

यस्तै अध्यक्ष गुरुङले मकाउमा रहने सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरस नियन्त्रण अभियानमा समर्थन र सहयोग गर्न समेत आग्रह गरेका छन् ।

उनले भने “हामीले नेपालमा कोरोना भाइरसको नियन्त्रणका लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्नका लागि यो एन ९५ मास्क पठाउन लागेका हौँ, यसअघि पनि हामीले ७ हजार सर्जिकल माक्स पठाएका थियौँ ।” उनले नेपालीले खुन र पसिना बगाई कमाएर गरेको सहयोग रकमको आफुँ र एनआरएनए मकाउले सही सदुपयोग र पारर्शितामा जिम्मेवारी भूमिका निर्वाह गर्ने पनि बताए।

उनका अनुसार, उक्त एन९५ माक्स आगामी अप्रिल ४ तारिखका दिन चीन आउने नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल पठाउने तयारी छ ।

यसअघि एनआरएनए मकाउले ७ हजार सर्जिकल माक्स नेपाली दूतावास गोन्झाउमार्फत नेपाल पठाई सकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *