नेपालमा हालसम्म ८ हजार बढी मात्र क्वारेन्टाइनमा छन् : प्रवक्ता डा. देवकोटा
काठमाडौं । नेपालमा हालसम्म १ सय ३४ जनामात्र आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइसोलेसनमा भएकाहरुको जानकारी दिएका हुन् ।
उनका अनुसार अहिलेसम्म ८ हजार ५ सय ८० जनामात्र क्वारेन्टाइनमा रहेका छन् । चैत्र पछि भारत लगाएत तेस्रो मुलुकबाट नेपाल आउनेको संख्या अत्याधिक भए पनि अहिलेसम्म क्वारेन्टाइनमा ८ हजार ५ सय मात्र रहेका छन् ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाले यो समचार तयार पार्दासम्म विश्वभरीमा १४ लाख ४६ हजार ९ सय बढी संक्रमित रहेका छन् । नेपालमा भने अहिलेसम्म ९ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ ।
जसमध्ये १ जना निको भइसकेका छन्भने ८ जना उपचारमा रहेका छन् । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना, बागलुङमा २ जना र ४ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। कोरोनाका कारण विश्वभरमा मृत्युहुनेको संख्या ८३ हजार नाघेको छ भने ३ लाख ८ हजार ६ सय बढी निको भएर घर फर्केका छन् ।







डिसी नेपाल








Facebook Comment