लुकीछिपी नेपाल छिरेका ५० जनाको कोरोना टेष्ट रिपोर्ट आयो

डिसी नेपाल
३ वैशाख २०७७ ९:३०
8
Shares

सर्लाही । चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई र्‍यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमखु जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

भरतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।

यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको सोमबार कोरोना परीक्षण गरिएको थियो।

परीक्षणमा दुवै जनाको निपोर्ट नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीको २० स्थानीय तहले ३७ स्थानमा ३८३ श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन्।

हाल ती क्वारेन्टाइनमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९२ जनालाई राखिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *