भारतमा ज्यान गुमाउनेको संख्या ५२१ पुग्यो, पाकिस्तानमा साढे ७ हजारबढी संक्रमित

डिसी नेपाल
७ वैशाख २०७७ ७:१८

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी भइरहँदा सार्कका दुई ठुला देश भारत र पाकिस्तानमा पनि यसको प्रभाव परेको छ ।

आइतबार बिहानसम्म सार्क कै सबैभन्दा ठुलो देश भारतमा कोरोनाको प्रभाव सबैभन्दा बढी देखिएको छ । भारतमा आइतबार बिहानसम्म ५२१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । शनिबार मात्रै भारतमा ३५ जना संक्रमितको ज्यान गएको छ ।

शनिबार भारतमा १३७० नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै आइतबार बिहानसम्म पाकिस्तानमा ७ हजार ६ सय ३८ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ६१३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये १ हजार ८ सय ३२ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्म पाकिस्तानमा कोरोनाको संक्रमणबाट १४३ जना संक्रमितको ज्यान गएको छ । शनिबार मात्रै पाकिस्तानमा ८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.