कारोना भाइरस रगतमार्फत शरीरको कुनै पनि अंगसम्म पुग्न सक्ने, उच्च रक्तचाप र मुटुको विमारीलाई धेरै खतरा

डिसी नेपाल
११ वैशाख २०७७ ७:३२

काठमाडौं। कोरोनाभाइरसले तीव्र रुपमा आफ्नो रुप (म्युटेट) र संक्रमण गर्ने तरिका पनि परिवर्तन गरिरहेको छ। विश्वभर कोरोना संक्रमण बढ्नुका साथै संक्रमणका कारण पनि अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट भाइरस शरीरको हरेक भागमा रक्त संचार गर्ने रक्त वाहिनीमा आक्रणम गरिरहेको खुलेको हो।

यो दाबी स्विटजरल्याण्डको ज्यूरिख युनिभर्सिटीका शोधकर्ताले गरेका हुन्। द ल्याण्डसेट जर्नलमा प्रकाशित शोधका अनुसार कोरोना भाइरस रक्तवाहिनीलाई संक्रमित गर्दै शरीरको कुनै पनि अंगसम्म पुगेर आक्रमण गर्न सक्छ।

शोधकर्ता फ्रेन्क रस्चिज्काका अनुसार रक्तवाहिनीको माथिल्लो सतहमा आक्रमण गर्छ, यो भागलाई एण्डोथीलियम भनिन्छ। यस्तो अवस्थामा शरीरमा रक्तसंचार घट्छ र शरीरको कुनै पनि भागमा रगत जम्न थाल्छ। शोधको नतिजाबाट एउटा कुरा के स्पष्ट हुन्छ भने कोरोनाभाइरस केलव फोक्सोलाई मात्र आक्रमण नगरेर शरीरका जुनसुनै अंगलाई पनि प्रभावित पार्न सक्छ।

शोधकर्ताका अनुसार त्यही कारण अन्य मानिसको तुलनामा उक्त रक्तचाप र मुटुका रोगीलाई संक्रमणका धेरै खतरा रहन्छ। यस्तो बिमारीले धेरै सावधानी अपनाउनु पर्ने शोधको निष्कर्ष छ। शोधकर्ता फ्रेन्क रस्चिज्काका अनुसार अहिलेसम्म संक्रमण त्यस्ता मानिसमा धेरै देखिएको छ जो मृगौला, मुटु र फोक्सो बिमारी छन्।

शोधकर्ताले संक्रमणका तरिकलाई बुझ्नका लागि कोरोना पीडितको रक्तवाहिनीको इलेक्ट्रन माइक्रोस्कोपले हेर्दा क्षतिग्रस्त देखिएको थियो। शोधकर्ताहरुका अनुसार पहिला कुनै गम्भीर विमारीसँग जुधिरहेका मानिसलाई कोरोना भाइरसको धेरै खतरा उनीहरुको रक्तवाहिनी कमजोर भएका कारण हुन्छ। धुमपान गर्ने, उच्चरक्तचाप, मुटु रोगी, मोटोपना, मधुमेहमा बिमारीको रक्तवाहिनी कमजोर हुन्छ, जसको फाइदा कोरोनाभाइरसले उठाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.