कोरोनाविरुद्द लड्न नेपाल सरकारलाई गैरआवासीय घले दम्पतीले दिए ३ करोड सहयोग

डिसी नेपाल
१४ वैशाख २०७७ २०:२८

काठमाडौँ । संसारभर आतंक मच्चाइरहेको प्राणघातक कोरोना भाइरसको संक्रमण विरुद्द लड्न नेपाल सरकारलाई गैरआवासीय घले दम्पतीले ३ करोड सहयोग दिएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागिे सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको हो ।

एनआरएन दम्पती शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *