विश्वका घातक महामारी र कोरोना भाइरस
हाम्रा पूर्वजहरुले भन्ने गर्थे पृथ्वीमा मानिसहरुको भार धेरै बढेपछि यसको विनाश हुन्छ । ठूला– ठूला प्रलयहरु हुन्छ जस्तै भुकम्प, रोगको महामारी, सामुद्रिक आँधीबेरी ईत्यादि । यो कति सम्म सत्य हो प्रमाणित गर्न सकिँदैन तर संसारमा यस्ता प्रकोपहरु यदा कदा भईनै रहन्छन् । संसारको महामारीको ईतिहास सिंहवालोकन गर्ने हो भने यस्त माहमारी थुप्रै भेटिन्छन् । एक फेर यी ईतिहासका पाना पल्टाएर हेरौँ ।
सन् १६५ देखि यता करिब दश वटा ठूला माहमारीहरु मानिसहरुले भोग्नु परेको थियो जस्मा करोडौँ मानिसको ज्यान गयो, अर्थतन्त्र अस्तव्यस्त भयो तर समयको परिवर्तन र विकाशको गतिले यो सबै घटनाहरु मानिसहरुले बिर्सिदैँ गए । आज हामीहरु बिसौँ सताब्दीमा आई पुगेका छौँ तर भोलि के हुने हो कसैलाई थाहा छैन, यो प्रकृतिको नियम हो । प्रकृतिसँग कसैको केही लाग्दैन ।
तथ्याङ्क अनुसार विश्वको ईतिहासमा पहिलो पटक देखा परेको ठूलो माहामारी सन् १६५ मा, दोस्रो महामारी सन् ५४१ मा र तेस्रो माहमारी सन् १३४७ मा भएको थियो । सन् १६५ मा भएको पहिलो महामारीको मुख्य कारण Small Pox वा Measles थाहा हुन नसके पनि यो माहामरीमा ५ मिलियन जति मानिसहरु मरेका थिए । यो माहामारीलाई Plague of Golen पनि भनिन्छ । यो माहामारी लडाकुहरुले Mesopotamia बाट Rome मा ल्याएका थिए । यो माहामारी Asia, Egypt, Greece हुँदै Italy सम्म फैलिएको थिये । दोस्रो महामारी सन् ५४१ मा र तेस्रो महामारी सन् १३४७ मा भएको थियो । यी दुवै महामारीको मुख्य कारण Yersinia Pestis भन्ने किटाणु थियो जुन जिउँदो मुसामा हुने उपियाँको टोकाईबाट मानिसमा सरेको थियो यी संक्रमित मुसा तथा उपियाहरु Asia बाट पानी जहाज हुँदै पुरै विश्वभरि फैलिएको थियो ।
दोस्रो माहामरी (सन् ५४१) लाई Plague of Justinian/Bubonic Plague पनि भनिन्छ । यो महामारीमा करिब २५ मिलियन मनिसहरु (करिब Europe को आधि जनसंख्या) मारिएका थिए । तेस्रो महामारी (सन् १३४७) झन ठूलो घातक सिद्ध भएको थियो र करिब २०० मिलियन भन्दा बढि मानिसहरु हताहत भएका थिए । जसलाई The Black Death पनि भनिन्छ । चौँथो ठूलो माहमारी हैजा (Cholera) थियो । यो महामरी सन् १८५२ देखि सन् १९११ सम्म जम्मा सात चोटी महामारीको रुपमा विश्व भरि फैलिएको थियो । यी सात outbreak मध्ये सबै भन्दा ठूलो विध्वंसकारी महामारी तेस्रो सन् १८५२ मा र छैठौँ सन् १९१० को थियो जसमा २ मिलियन भन्दा बढी मानिसहरु हताहत भएका थिए । यो महामारीको मुख्य कारण Vibrio Cholera भन्ने जीवाणु दुषित पानीबाट मानिसमा फैलिएको थियो । यो जीवाणुको उद्गम स्थान Asia को गंगा नदी थियो र विश्व भरि तहल्का मच्चाएको थियो ।
विश्वमा आएको छैठौँ, सतौँ, आठौँ र नवौँ ठूलो महामारी Flu Pandemic थियोे । यो महामारी सन् १८८९ देखि सन् १९६८सम्म चार पटक outbreak भएको थियो । यी महामारीहरु सन् १८८९ मा Russian Flu, सन् १९१८ मा Spanish Flu, सन् १९५६ मा Asian Flu र सन् १९६८ मा Hong Kong Flu को नामले प्रख्यात छन् । यी Pandemic Flu, Influenza A भाईरसको subtype H2N2 र H3N8 Droplet को माध्यमबाट संसार भरि फैलिएको थियो । यी चार महामारी मध्ये सबै भन्दा सशक्त Spanish Flu थियो । यो Flu ले झण्डै संसारका एक तिहाई मानिस संक्रमित भएका थिए र हताहतको संख्या झण्डै ५० मिलियन जति पुगेको थियो ।
विश्वव्यापि रुपमा फैलिएको अर्को दशौं महामारी HIV/AIDS थियो । यो रोगको सुरुवात सन् १९७६ मा Congo बाट फैलिएको थियो । यो non human simian virus यौन सहवासबाट Chimpanzee देखि मानिस (wild hunter) मा फैलिएकोे थियो । यो रोेगले सन् १९८१ सम्म संसार भरि ३६ मिलियन मानिसहरु मरेका थिए । अझ पनि यो रोग निर्मुल भएको छैन करिब १.६ देखि २.२ मिलियन मानिसहरु प्रत्येक वर्ष यो रोगबाट मर्दछन् । यो रोग संक्रमित मानिसबाट अरु मानिसमा असुरक्षित सहवास र संक्रमित रगतबाट सर्दछ ।
आज विश्वभरि फैलिँदै आएको अर्को एघारौँ माहामारी COVID-19 हो । यो रोग Corona Virus बाट सर्दछ । यो एक किसिमको नयाँ Virus हो र यो भाईरस पशुपंछी (चमेरो) मा पाईन्छ । यो भाईरस काँचो मासु खानाले वा मासुको काम गर्नेहरु (Butcher) बाट अरु मानिसमा सरेको अनुमान छ । यो Virus चीनको उहान प्रान्तको Live Animal Food Market बाट मानिसहरुमा गत वर्ष डिसेम्बर २०१९ देखि फैलिन सुरु भएको देखिन्छ । यो भाईरस मानिसले खोक्दा थुक र हाच्छिउँ गर्दाको छिटा (Droplets) बाट एक मान्छे देखि अर्को मान्छेमा सर्दछ । यो Virus अहिले सम्म संसारको करिब २१६ मुलुकहरुमा फैलिसकेको छ । आज सम्म यो भाईरसको संक्रमित संख्या २५ लाख भन्दा बढि र मृत्यु झण्डै २ लाख मानिसको भई सकेको छ । यो भाईरसको फैलिने क्रम अझ जारी छ र नियन्त्रणमा आएको छैन ।
Corona Virus (COVID-19) को माहामारी र अनियन्त्रित हुनुका कारण यी हुन सक्छन्
क) भाईरस को कारण
ड्ड यो माहमारी गराउने भाईरस अरु Pandemic गर्ने भाईरस (जस्तै Influenza, Measles, SARS, HIV) भन्दा यो नया किसिमको भाईरस हो । यसको बारेमा वैज्ञानिकहरु अझ सम्म अनविज्ञ छन् जसले गर्दा यसको कुनै औषधि वा खोप को आविष्कार हुन सकेको छैन ।
ड्ड यो भाईरस मानव शरीरमा प्रवेश गरे पछि यो भाईरसको Mutation र विकास (Multiplication) धेरै छिट्टो हुन्छ । यो भाईरसले संक्रमित व्यक्ति (Host) को Immune प्रणाली (Lymphocytes, Cytokinine, CD4) मा गई तुरुन्त सबै नष्ट गरिदिन्छ । त्यसकारण यो रोग निको पार्न र नियन्त्रण गर्न गाह्रो हुन गएको हो ।
ड्ड यो भाईरस बाहिरी वतावरणमा छिट्टो मर्दैन करिब ६ देखि ८ घण्टा सम्म जिवित रहन सक्छ जसले गर्दा यो Virus मानिसको सम्पर्कमा आउने बित्तिकै हातद्वारा मुख, नाक आँखाबाट शरीर भित्र प्रवेश गरि संक्रमण गराउँछ र महामारी फैलाउँछ ।
ड्ड यो भाईरस मानव शरीरमा Droplet को माध्यमबाट प्रवेश गरे पछि यो रोगको लक्षणहरु देखा पर्न (Incubation Period) प्राय २ देखि १४ दिन सम्म लाग्न सक्छ । जसले गर्दा Host लाई तुरुन्तै कुनै लक्षणहरु देखा नपरेकाले सर्तकता अपनाउन सक्दैन तर Virus भने Droplet माध्यमबाट अरु मानिसलई फैलाई रहेको हुन सक्छ ।
ड्ड यो भाईरस त्यति हानिकारक (Virulence) नभएकोले ८०% मानिसहरुमा मात्र यो रोगको लक्षणहरु देखा पर्दछन् (mild/moderate/severe) बाँकी २०% मानिसमा लक्षणहरु देखा नपर्न पनि सक्छ (asymptomatic) यी २०% रोेगको लक्षण नभएको संक्रमितहरु अरुलाई संक्रमण गर्न अति भयानक सावित हुन्छ ।
ख) सामाजिक कारणहरु
ड्ड COVID-19 लाई नियन्त्रणमा ल्याउने मुख्य उपाय Complete Lock down (जल, थल, वायु) हो । चाइनाको उहान प्रान्तमा यो भाईरस को Epidemic outbreak December, 2019 को अन्त्यतिर भएको थियो । उहान प्रान्तको Lockdown चार हप्ता पछि मात्र (२३ जनवरी,२०२०) खुला गरिएको थियो । यो करिब चार हप्ताको अन्तरालमा धेरै संक्रमित मानिसहरु उहानबाट संसार भरि (America, Italy, Spain, France, Germany) फैलि सकेका थिए । कोही नयाँ वर्ष मनाउन त कोही महामारीबाट बच्न भागेका थिए । यसरी Pandemic को सृजना भएको थियो ।
ड्ड यो नयाँ भाईरस संक्रमणको बारेमा अज्ञानता, Negligence र परम्परगत समाजिक अवधारणा (Superstition) ले गर्दा मानिसहरुले यो Virus को protection बारे सुरुमा त्यति ध्यान दिएनन् फलस्वरुप स्थितिले विकरल रुप लिँदै गयो र महामारी फैलिँदै गयो ।
COVID-19 नियन्त्रणका उपायहरु
COVID-19 संक्रमणको उपचार गर्नको लागि कुनै औषधि वा खोपको अहिले सम्म आविष्कार नभएकाले यसको नियन्त्रण भनेको भाईरस को संक्रमणबाट टाढा बस्नु हो र भाईरसको संक्रमण चक्रव्यूह (Chain of Transmission) लाई भंग गर्नु हो ।
Corona Virus (COVID-19) को संक्रमण चक्रव्यूह (Chain of Transmission) लाई विफल बनाउने उपायहरु


सारांश (Summary)
कोरोना भाईरस महामारी विश्वको एघारैाँ ठूलो महामारीको रुपमा देखिरहेको छ । यो भाईरस नयाँ र अनौठो भएकाले यसको Behaviour पनि भिन्न छ । आज सम्म विश्व भरिका वैज्ञनिकहरुले यसको औषधी र खोपको आविष्कार गर्न जुटि रहेका छन् । दिन प्रति दिन मानिसको संक्रमण र हताहतको संख्या बढ्दै गईरहेको छ । अर्थात यो रोगको महामारी अझ पनि नियन्त्रण भन्दा बाहिर छ ।
विगतका ठूला महामारीको ईतिहास हेर्ने हो भने सुरुको महामारीको स्थिति पनि यस्तै भयावह र विकराल थियो । किनभने त्यस बखत महामारी संक्रमणको कारणहरु र औषधी वा खोपको आविष्कार पनि भएकै थिएन । विश्वको पाँचौँ ठूलो Spanish Flu Pandemic ( सन् १९१८) मा विश्वका करिब एक तिहाई मानिसहरु संक्रमित भएका थिए र हताहतको संख्या ५०–६० मिलियन जति भएको थियो । तर पछि स्थिति समान्य हुदै गयो, रोगको कारण, औषधि र खोपको आविष्कार पनि हुँदै गयो । आजको बिसौँ सताब्दीमा हामी हतोत्साह (panic) हुन पर्ने छैन सबै स्थितिहरु ठीक हुँदै जनेछ । हालको लागि यो संक्रमण रोक्ने एउटा मात्र उपाय छ त्यो हो संक्रमणको चक्रव्यूह (Chain of Tranismission) लाई रोक्ने जस्तै घरबाट बाहिर ननिस्कने, समाजिक दुरी कायम राख्ने र लक्षण देखा परेका मानिसलाई Isolation/Quarantine मा राख्ने ईत्यादी । आजको युग वैज्ञानिक र संचारको युग हो यो महामारीको नियन्त्रण र उपचारका उपायहरु अवश्य हुने छन् । संक्रमणको चक्रव्यूह Chain of Tranismission) हेर्ने हो भने ५०% भन्दा बढि संक्रमण हामी आफैँ (व्यक्ति स्वयम्) ले रोक्न सकिने छ । यसकारण अहिले हामी आफै संक्रमणबाट बाँचौँ र अरुलाई पनि बचाऔँ ।







डिसी नेपाल







Facebook Comment