बसन्त र सुनिताको युगल स्वारमा रत्न शमशेरको ‘घुम्टो’ बजारमा

डिसी नेपाल
१५ वैशाख २०७७ १९:०४

नर्थ क्यरोलाइना । कन्चन म्युजिक इन्टरटेनमेन्टले “घुम्टो ” बोलको कर्णप्रिय गीत सार्बजनिक गरेको छ । वरिष्ठ गीतकार रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत रहेको उक्त गीतमा बसन्त खड्का र सुनिता दुलालको युगल स्वर रहेको छ। उक्त गीत कन्चन इन्टरटेनमेन्टले अमेरिकाको नर्थ क्यरोलाइनाबाट आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

यो गीतको संगीत संयोजन र ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) दीप तुलाधरले गरेका हुन् । तीन दशक लामो सांगीतिक अनुभव बटुलेका गायक बसन्त खड्काले यस अघि पनि रत्न शमशेर थापाका रचनामा केही गीत र गजलहरूमा स्वर दिईसकेका छन्।

छाल झैँ कपाल, नजिकको भेट भन्दा, चन्द्रले के दियो एक्कासी, चत्यंग खसी लगायतका गीत गजलहरू रत्न शमशेर र बसन्तका सहकार्यका बजारम ाआएका पुराना चर्चित गीत, गजल हुन् । पुनः लामामो समयपछि बसन्त र रत्न शमशेरको सहकार्यमा यो घुम्टो स्रोता माझ आएको स्रष्टाले बताएका छन् ।

हाल अमेरिकाको नर्थ क्यारोलाइना निवासी गायक बसन्त खड्काका अनुसार यो गीतको रचना रत्न शमशेर थापाले वि.सं २०१८ साल तिर गरेका थिए भने संगीत पनि आफुले करिब २२ बर्ष अघि नै गरेको बताए ।

गीतमा पछिल्लो पुस्ताकी लोक दोहोरी गायिका सुनिता दुलाले नारी स्वर दिएकी छन् । दुलालले घुम्टो को युगल गायनमा आफूलाई साथ दिएर सुगम संगीतमा प्रवेस गरेकोमा वसन्त खड्काले खूशी व्यक्त गर्दै आफुहरुको प्रस्तुतीलाई स्रोता दर्शकहरुले मनपाराउने बताए ।

यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले मृगतृष्णा नामक एल्वम स्रोतासामु ल्याएका थिए भने गोधुली, लालिमा, बेस्ट अफ बसन्त खड्का लगायतका गीति एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *