विदेश गएका कामदार फर्किँदा देशभित्रै रोजगारी दिनेबारे छलफल

डिसी नेपाल
२६ वैशाख २०७७ ७:१०

काठमाडौं । वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु फर्किने अवस्था आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उनीहरुलाई स्वदेशमै रोजगारी दिनेबारे विषयविज्ञसँग छलफल गरेका छन्।

मध्यपूर्वका मुलुकहरु र मलेसियासमेतले आफ्नो देशमा कार्यरत लाखौं नेपाली कामदारहरुलाई कोरोना महामारीका कारण काम दिन नसक्ने भन्दै स्वदेश फिर्ता लैजान दवाव दिइरहेका बेला मन्त्री यादवले देशभित्रै रोजगारीको सम्भावनाबारे खोजी गर्न यस्तो छलफल गरेका हुन्।

कोरोनाको महामारीपछिको श्रम बजार र नेपालको अवस्था समेतलाई मध्यनजर राख्दै बुधबार मन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्वय डा शंकर शर्मा र डा स्वर्निम वाग्ले विषयविज्ञका रूपमा निम्त्याइएका थिए।

मध्यपूर्वका मुलुकहरु र मलेसियासमेतले आफ्नो देशमा कार्यरत लाखौं नेपाली कामदारहरुलाई कोरोना महामारीका कारण काम दिन नसक्ने भन्दै स्वदेश फिर्ता लैजान दवाव दिइरहेका बेला मन्त्री यादवले देशभित्रै रोजगारीको सम्भावनाबारे खोजी गर्न यस्तो छलफल गरेका हुन्।

विभिन्न १५ वटा प्रश्नमा आधारित रहेर गरिएको छलफलमा बोल्दै डा.शर्माले अल्पकालीन र दीर्घकालीन रूपमा श्रमको क्षेत्र निर्धारण गरी त्यसमा रोजगारी दिन सकिने बताए। बिदेशबाट फर्किने कामदारले लिएर आउने सीपसँग यहाँको रोजगारी सिर्जना हुन सके आय आर्जन र सीपको सदुपयोग हुने उनको धारणा रहेको थियो।

अर्का विज्ञ डा.वाग्लेले कोरोना कहरले अवसरको सिर्जना गर्न सक्ने हुनाले त्यतातर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा अन्तै अलमलिएकोमा चिन्ता व्यक्त गरे। लाखौंको संख्यामा बिदेशमा रहेका युवा स्वदेश फर्किन खुट्टा उचालेर बसेको अवस्थामा तिनको ब्यबस्थापन कहाँ ? कसरी ? कहिलेसम्ममा? भन्ने योजनाको खाका कोर्न ढिला भएकोमा चिन्ता जाहेर गरे। र, यथासक्य काम थाल्नु पर्नेमा जोड दिए।

विज्ञको कुरा सुनेपछि मन्त्री यादवले रोजगारी सिर्जनाका विविध क्षेत्र पहिचान गर्ने र ब्याबहारिक रुपमा कार्यन्वयन गर्दै जाने प्रतिबद्धता जनाए। उक्त छलफलमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद केसी, बैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार दाहाल , सहसचिव सुमन घिमिरे लगायतको सहभागिता रहेको थियो।

विज्ञहरुको सल्लाहबमोजिम राष्ट्रिय योजना आयोगसँग मिलेर अल्पकालीन र दीर्घकालीन योजना बनाइ सकेसम्म चाँडो रोजगारी सिर्जना गर्ने र फर्किएका नेपाली कामदारहरुलाई प्राथमिकतामा राखेर काम दिने जानकारी छलफलका क्रममा मन्त्री यादवले दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *