आगामी बर्षको बजेट अर्थतन्त्रको पुर्नउत्थानमा केन्द्रित हुन्छः अर्थमन्त्री

डिसी नेपाल
२८ वैशाख २०७७ १४:५८

काठमाडौ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट कोभिड —१९ को संक्रमका कारण परेको अर्थतन्त्रको नकारात्मक प्रभावलाई कम गर्न लक्षित हुने बताएका छन् ।

अर्थमन्त्री डा.खतिवाडाले आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक बर्ष २०७७÷७८को ला विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्ताव प्रस्तुत गर्दै उनले आगामी बर्षको बजेटमा आगामी बर्षमा स्वास्थ सेवाको विस्तार र निजी क्षेत्रको प्रोत्साहन, रोजगारीको सिर्जना सहित आर्थिक पुनरुत्थान गरी राष्ट्रिय पुँजी निर्माणमा सहयोग हुने खालको बजेट आउने बताए ।

उनले आगामी बर्षको बजेट अति आवश्यक अवस्थामा मात्र नयाँ आयोजनालाई विनियोजन गरिने जानकारी दिदै पुराना र चालु अवस्थामा रहेका आयोजनाहरु नै बजेट प्राथमिकतामा पर्ने स्पष्ट पारे ।

त्यस्तैगरी उनले विदेशी सहायताको सर्तहरुलाई पनि पुनसरचना गर्न सकिने भन्दै ती सहायताहरु कोभिड १९ को रोकथाम, अर्थतन्त्रको पुनरुत्थानमा लगाउने जानकारी दिए ।

डा.खतिवडाले संसदमा बोलेका कुराहरुको संपादित अंश

हाल कोरोनाबाट विश्वमा मानविय क्षतिका साथै मनोबैज्ञानिक त्रास पनि भएको छ । कोरोना नियन्त्रण गर्न चालिएका कदमबाट विश्वको अर्थतन्त्र पनि अत्यधिक प्रभावित भएको छ । यसले विकासका सिद्धान्त मान्यता र प्राथमिकताहरु पुन परिभाषित हुन थालेका छन् ।

नेपाल सरकारले पनि कोरोनाको सक्रमणबाट बच्न लकडाउन गरेको कारण मानवीय क्षति अहिलेसम्म व्यहोर्नुपरेको छैन । तर ठूलो आर्थिक नोक्सानी व्योहोरीरहेको छ । पर्यटन आगमनसँगै आपुर्तिको श्रृङखलामा समेत गहिरो प्रभाव परेको छ । अर्थतन्त्रका अन्य क्षेत्रपनि प्रभावित भइरहेका छन् ।

आगामी आर्थिक बर्षको बजेटले बर्तमान सरकारले अगाडी बढाएको विकास सुसासन र संबृद्धिको मार्गमा कोभिड १९ का कारण परेको असर निराकरण गर्दै अर्थतन्त्रलाई गलिशील तुल्याउनुपर्ने भएको छ ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गर्दा नेपालको संविधानले तय गरेको लोक कल्याणकारी अवधारणा समाजबाद उन्मुख आर्थिक प्रणालीको जग निर्माण गर्नुपर्ने जिम्मेवारी र द्रुत आर्थिक विकासप्रतिको जनआकांक्षालाई प्रमूख मार्गदर्शकको रुपमा लिएको छ ।
राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व एवं नागरिकका मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनहरुबाट सिर्जित दायित्वहरुलाई बजेट तर्जुमाको आधारको रुपमा लिइएको छ ।

बजेट पन्ध्रौ योजनाले तर्जुमा गरेको लक्ष्य मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुनका लागि लिइने लक्ष्य र कोभिड १९ को न्युनिकरणका लागि बढी केन्द्रित हुनेछ ।

आर्थिक कृयाकलापलाई द्रुत गतिका साथ अगाडी बढाउनेगरी बजेट केन्द्रित हुनेछ । रोजगारी खाद्य सुरक्षाको ग्यारेन्टी गरिने, कमजोर शारिरिक मानसिक सामाजिक र अािर्थक अवस्था भएका मानिसहरुलाई राज्यको तर्फबाट विशेष व्यवस्था गरिने छ । आन्तरिक र बाह्य स्रोत साधनको अधिकतम उपयोग गरिने छ । कर सहुलियत र मौद्रिक उपकरण मार्फत नीजी क्षेत्रलाई राहत दिइनेछ ।

हाल सन्चालनमा रहेका आयोजनाहरुको कार्यान्वयनको लागि रकम अभाव हुन दिइने छैन । त्यस्तै आन्तरिक आयलाई राजस्वको मुल आयको रुपमा विकास गरिनेछ भने करका दर भन्दा दायरा फराकिलो बनाइने र कर परिपालनमा बृद्धि र राजस्वबृद्धि गरिने गरी काम अगाडी बढाइने छ ।

त्यस्तै कोरोनाको प्रभाव न्युनिकरणका लागि बजेट सहायता प्रकृया र शर्तमा पुनसंरना गरिने छ । नीजी क्षेत्रको प्रबद्र्धन र सहकारी सामुदाियक र गैरसरकारी क्षेत्रलाई परिचालन गर्नतर्फ बजेट उन्मुख हुनेछ । मुल्यबृद्धिलाई बान्छित सिमा भित्र राखिने छ । बैकिङ क्षेत्रको साधनलाई व्यवासायिक क्षेत्रमा परिचालन गर्दै थप उत्पादन मुखी बनाइने छ । सार्वजनिक यातायातलाई प्रोत्साहित गरिने छ । सहरी पुर्वाधारको निर्माणमा तिव्रता दिइने ।

पन्धौ पन्चबर्षिय आयोजनामा गरिएका प्राथमिकीकरण आयोजना पुन प्राथमिकीकरण गरिनेछ, सार्वजनिक खर्चमा मितव्ययिता कायम गरिने छ ।

विदेशी सहायतालाइ आर्थिक पुनरुत्थान र स्वा सेवा र दीगो पुर्वाधार निर्माणमा परिचालन गरिने छ भने कृषि क्रान्तितर्फ बजेट केन्द्रित हुने । आयात प्रतिस्थापना गर्ने उद्योगहरुलाई प्रात्साहन दिइने छ । पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिइने । आन्तरिक उत्पादनलाई प्राथमिकीकरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *