नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
१४ वैशाख २०८१ १४:३१

काठमाडाैं। नेपाल र चीनबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग र बोनम्यारो प्रत्यारोपणसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ।

शुक्रबार अर्थमन्त्रालयमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलेपमेन्ट को-अपरेसन एजेन्सीका प्रमुख लिनु झाओ हुईले हस्ताक्षर गरेका थिए।

सम्झौता कार्यक्रममा अर्थमन्त्री बर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकोमा चीनलाई धन्यवाद दिए। मन्त्री पुनले यसअघि भएको चिनियाँ राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याएको बताइ।

विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै मन्त्री पुनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे।

मन्त्री पुनले नेपाल र चीनबीच भएको बिभिन्न सम्झौतालाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए। त्यस्तै चीनका तर्फबाट लिनु झाओ हुईले लगानी सम्मेलनका लागि आफुहरु उत्साहित रहेको र नेपालमा चिनियाँ लगानी ल्याउने जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *