सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

डिसी नेपाल
९ भदौ २०८३ २२:०६

सिरहा। सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ। मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो।

खातुन हिजो सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा आज (मंगलबार) गागन खोलाको पुल नजिकै उनको शव फेला परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का लगायतका प्रक्रिया अघि बढाएको छ।

शवको अवस्था र घटनाको प्रकृतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। खातुनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष स्थानीयले माग गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *