बर्दियाकी काेराेना संक्रमित बालिका अझै क्वारेन्टाइनमै

डिसी नेपाल
३० वैशाख २०७७ १४:२९

राजापुर। बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन। बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ।

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *