नेताका सुरक्षाकर्मीमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

डिसी नेपाल
३१ वैशाख २०७७ १०:१९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ।

नेकपाका एक नेताका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको भन्दै उक्त बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।

बिहान ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९) को परीक्षण गरेर मात्र बैठक बस्ने छ। अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हुने छ।

“केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो ”, उनले भने, “तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।” आज बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो।

भक्तपुरका कोरोना संक्रमित व्यक्ति, भीम रावलका सुरक्षाकर्मी

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *