थप ९ जनाले जिते कोरोना

डिसी नेपाल
१० जेठ २०७७ १८:१९

काठमाडौं । थप ९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विरगञ्जस्थित नारायणी अस्पतालबाट आज ९ जना डिस्चार्ज भएका हुन् । यो संगै निको हुनेको संख्या ७९ जना पुगेको छ ।

यसअघि, शुक्रबार मात्र नेपालगञ्जबाट २१ जना निको भएका थिए । नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५८४ पुगेको छ । ३ जनाले कोरोनाका कारण ज्यान समेत गुमाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *