झापाका स्थानीय तहलाई ६ अर्ब ५६ करोड बजेट
झापा । सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्ष २०७७ /७८ का लागि प्रस्तुत बजेटमा झापाका १५ स्थानीय तहलाई रु छ अर्ब ५६ करोड ४८ लाखको बजेट विनियोजन गरिएको छ ।
यो चालू वर्ष २०७६/७७ को भन्दा रु एक अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापामा रु पाँच अर्ब १५ करोड ५९ लाख बजेट विनियोजन गरेको थियो । आठ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा नगरपालिकामध्ये सबैभन्दा बढी मेचीनगरमा रु ७० करोड ७७ लाख र गाउँपालिकामध्ये सबैभन्दा बढी कमलमा रु ४६ करोड ४१ लाख विनियोजन गरिएको छ ।
दमक नगरपालिकाका लागि रु ६६ करोड २६ लाख, विर्तामोडका लागि रु ६० करोड ४८ लाख, गौरादहलाई रु ४३ करोड ५६ लाख, शिवसताक्षीलाई रु ५२ करोड ३० लाख, भद्रपुरलाई रु ४५ करोड २१ लाख, अर्जुनधारालाई रु ४३ करोड २९ लाख र कनकाई नगरपालिकाका लागि रु ३३ करोड ७८ लाख विनियोजन गरिएको छ ।
यसैगरी कचनकवल गाउँपालिकाका लागि रु ३७ करोड ५१ लाख, गौरीगञ्जलाई रु ३० करोड ८८ लाख, झापालाई रु ३१ करोड २४ लाख, बाह्रदशीलाई रु २९ करोड ६१ लाख, बुद्धशान्तिलाई रु ३३ करोड ५२ लाख र हल्दिबारी गाउँपालिकाका लागि रु ३१ करोड ६६ लाख विनियोजन गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment