क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना, २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहारको व्यवस्था
काठमाडौं। नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै प्रसिद्ध घरायसी तथा इलेक्ट्रिकल उपकरण ब्रान्ड क्रम्पटनले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘Celebrate Dashain with Togetherness’ भन्ने सन्देशका साथ ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताहरूले विभिन्न उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार र सहज खरिद सुविधा प्राप्त गर्नेछन्।
यस योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, र आइरनलगायतका घरायसी उत्पादनहरूको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त हुनेछ। चाडपर्वका बेला घरायसी सामग्री खरिद गर्दा बचत बढाउँदै दसैँको किनमेललाई सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
यसका अतिरिक्त योजनामा सहभागी हुने ग्राहकहरूका लागि बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटरको ‘मल्टी डोर रेफ्रिजरेटर’ जित्ने अवसरसमेत मिलाइएको छ। लक्की ड्रमा सहभागी हुन ग्राहकहरूले योजनामा उपलब्ध क्यूआर कोड (QR Code) स्क्यान गरी आफ्नो विवरण दर्ता गराउनुपर्नेछ।
ग्राहकहरूको खरिद क्षमतालाई ध्यानमा राख्दै शून्य प्रतिशत ब्याजदरमा इएमआई तथा पुराना सामान फेर्न सकिने एक्सचेन्ज सुविधासमेत उपलब्ध गराइएको छ। क्यासब्याक, बम्पर उपहार र किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर दसैँको उत्सवलाई थप खुसीयाली बनाउने लक्ष्य कम्पनीले राखेको छ।
गत भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको यो योजना ‘Amazing, Every Day’ भन्ने ब्रान्ड सन्देश अनुरूप सञ्चालन गरिएको हो। नेपालमा चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले क्रम्पटनका आधिकारिक उत्पादनहरू बिक्री-वितरण गर्दै आएको छ।
यी उत्पादनहरू नेपालभरका आधिकारिक डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल शोरुम तथा सीजी डिजिटलको आधिकारिक वेबसाइटमार्फत उपलब्ध रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment