गुल्मीमा पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो

डिसी नेपाल
३१ जेठ २०७७ ८:१३

तम्घास । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरी आवश्यक परामर्श दिएका छन् ।

जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्षको शुक्रबार अनुगमन गरी उनले स्थानीय स्रोतसाधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्षमा सामाजिक दूरी, शौचालय तथा क्वारेन्टिनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न सुझाव दिए ।

मन्त्री बरालसँग स्थानीय तहले पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा राखेका थिए।

छलफलका क्रममा उहाँले जिल्लामा कोरोना रोकथामका लागि कुनै पनि हालतमा आर्थिक समस्या हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बराललाई गुल्मीमा क्वारेन्टिनको अवस्था, व्यवस्थापन एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *