पाल्पामा पनि देखियो सलह, भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध
पाल्पा । बुटवलबाट उत्तरपश्चिम उडेको सलह पाल्पामा पनि देखिएको छ । रुपन्देही जिल्लाको बुटबल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे ।
जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन् । तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालको प्रयोग गरी किसानलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment