प्रयोगशाला विस्तार गरेर परीक्षणको दायरा बढाइँदै : मन्त्री ढकाल

डिसी नेपाल
१६ असार २०७७ २१:०२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अबको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताए।

नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उहाँले अहिले २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए । मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब रु एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *