गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्बिर
काठमाडौँ । गोरखामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ः०५ बजे मृत्यु भएको गोरखा अस्पतालले पुष्टि गएको छ । मृतक पुरुष गोरखाको पालुङ्गटार नगरपालिका ७ का स्थानीय वासी हुन् ।
असार १९ गते शुक्रबार राति ९ः५५ बजे मात्रै सुगररोगबाट पीडित पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment