श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैलाई कानुनी नोटिस पठाएर मागे डेढ अर्ब क्षतिपूर्ति

डिसी नेपाल
८ साउन २०७७ १२:२८

काठमाडौं। श्रीमतीको १४ जनासँग अवैध सम्बन्ध भएको थाहा पाएपछि श्रीमानले प्रत्येक प्रेमीलाई कानुनी नोटिस पठाएर कूल १ सय करोड भारु (१ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको मानहानीको दावी गरेका छन् । यो घटना कोलकाताको हो । पेशाले व्यापारी श्रीमानले यी पुरुषहरुका कारण आफ्नो वैवाहिक जीवन तहस नहस भएको र समाजमा आफ्नो प्रतिष्ठा धुमिल भएको दावी गरेका छन् ।

भारतीय अखबार दैनिक जागरणका अनुसार ती व्यवसायीले आफ्ना गाडी चालकलाई जासुस बनाएर यो जानकारीका साथमा अवैध सम्बन्धका प्रमाणहरु समेत जुटाइसकेका छन् । उनले ती सबै १४ जनालाई छुट्टछुट्टै कानुनी नोटिस पठाएका छन् जसमा भनिएको छ – नोटिस पाएको दुई हप्ताभित्र मानहानीको क्षतिपूर्तिवापत उल्लिखित रकम नदिए कानुनअनुसार कारवाही गरिनेछ । नोटिसमा उनले लेखेका छन् ‘हालै मलाई थाहा भएको छ कि तपाइँको मेरी पत्नीसँग शारीरिक सम्बन्ध छ र गोपनीय रुपमा मेरी श्रीमतीसँग सम्पर्कमा हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन् ‘तपाइँहरु सबैलाई थाहा छ कि उनी विवाहित हुन् । तपाइँहरुमध्ये धेरैले मलाई उनका पतिको रुपमा पनि चिन्नुहुन्छ । तपाइँहरुको यो अवैध क्रियाकलापले मेरो वैवाहिक जीवन तहसनहस भएको छ । म समस्यामा बाँचिरहेको छु । समाजमा मेरो प्रतिष्ठा पनि नष्ट भएको छ । मानहानीको क्षतिपूर्तिको रुपमा तपाइँहरु सबैले मलाई २ हप्ताभित्र १०० करोड रुपैयाँ दिनुपर्नेछ । यस्तो नगरेमा तपाइँहरुविरुद्ध कानुनसम्मत तरिकाले कदम उठाइनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *