वरिष्ठ सङ्गीतकार जोशीको निधन

डिसी नेपाल
११ साउन २०७७ २१:०६

हेटौँडा । वरिष्ठ सङ्गीत साधक उस्ताद भोला जोशीको आज निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत विभागको नेतृत्व गरिसकेका जोशीको ८० वर्षको उमेरमा आज हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिए।

दम, मधूमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बसेका थिए। विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत श्रृजनामा लाग्नुभएका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मीहरु बताउँछन् । हालका चर्चित सङ्गीतकारहरु चेतन सापकोटा, सिखर सन्तोषलगायत थुप्रै गायक गायिकालाई सङ्गीत प्रशिक्षण दिएका जोशी शिक्षण पेशामा आबद्ध थिए।

नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकहरुसँग रहेर सङ्गीत सिर्जना, वाद्यवाधन तथा गायनमा लामो समयसम्म योगदान दिएका जोशीको निधनले देशको सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकार सापकोटा बताउँछन्। “सङ्गीतको कखरा सिकाउनुहुने गुरुको निधनले दुखित बनाएको छ”, उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *