रेमवर्क नेपालकाे सहयाेगमा यूनिभरर्सिटी अफ एरिजोनाको अब डिग्री नेपालबाटै
काठमाडौं। रेमवर्क नेपाल र यनिभरर्सिटी अफ एरिजोनाको सहकार्यमा नेपालका विद्यार्थीहरुको लागि भिजनरी पार्टनरशिप स्थापना गरेको छ। रेमवर्कले जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीले नेपालबाट नै यूएसको डिग्री प्राप्त गर्न सक्ने भनेको छ।
युनिभर्सिटी अफ एरिजोनाका अध्यक्ष रोबर्ट सी. रविन्सले भने, ‘ग्लोबल क्याम्पसले कोभिड(१९ ले गराएको आजको क्रियाशीलताको चुनौतीहरूको समाधान गर्न सहयोग पुर्याउने मात्रै नभएर, विश्वलाई पहुँचयोग्य गुणस्तरीय शिक्षा प्रदान गर्ने युएन दीर्घकालीन विकास लक्ष्यलाई पूरा गर्न यो अर्थपूर्ण र दीर्घकालीन प्रयास हो।’
रेमवर्कद्वारा जारि विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा विद्ध्यार्थीहरूको लागि पर्याप्त छात्रवृत्ति भएकोले, यो एक सब भन्दा लचिलो र किफायती तरीका हो जुन देश नछोडीकन, एक उच्च (स्तरीय यूएस विश्वविद्यालयबाट पूर्ण मान्यता प्राप्त यूएस डिग्री लिनको लागि हो। एरिजोनाको शिर्ष स्तरीय शिक्षकहरुले सिकाउनु भएको कक्षाहरु ट्युशनले भरपाई गर्छ, साथै नेपालमा सबै वर्तमान र भविष्यका चझ।धयचप सुविधाहरूमा पूर्ण पहुँच छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment