साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेश गर्न अनिश्चितकालीन प्रतिबन्ध

डिसी नेपाल
१५ साउन २०७७ २०:३०

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको छ। गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै बिहीबारदेखि नै लागू हुने गरि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ। मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले सूचना जारी गर्दै काठमाडौंमा कोरोनाको जोखिम बढेको भन्दै यस्तो शर्त लागू गरिएको बताएका छन्।

यस्तै काठमाडौं बाहेकका जिल्ला प्रशासन कार्यालयलाई पनि काठमाडौंका लागि जथाभावी पास नदिने भनिएको छ। साथै काठमाडौं बाहेकका अन्य जिल्लामा पनि बिना पास एक जिल्लादेखि अर्को जिल्ला जान पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।

काठमाडौं उपत्यका भित्रिनेहरुको कोरोना परीक्षण गर्दा बिहीबारमात्र २४ जनामा कोरोना संक्रमण देखिएको थियो। अघिल्लो हप्ता कोरोना संक्रमितको नयाँ संख्या घटे पनि विगत तीन दिनयता भने संख्या बढिरहेको छ। र कोरोना समूदाय स्तरमा फैलिएको देखिएको छ।

सरकारले यही साउन ६ गतेबाट लकडाउन अन्त्य गरे पनि कोरोना महामारीको जोखिम झन बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *